२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

2.1K
Shares

काठमाडौं–  त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेबाट सञ्चालन गर्न लागेको स्नातकोत्तर तहका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने भएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणालीका सबै परीक्षा स्थगित गरिएको जानकारी दिए । “एसईईदेखि सीटीभीटीसम्मका सबै परीक्षा स्थगित भए । हामीले मात्र यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्नु उपयुक्त देखिएन । त्यसैले परीक्षा स्थगित गर्नका लागि बैठक बस्दैछ” उनले भने ।

उनले सेमेस्टर प्रणालीको परीक्षा पनि स्थगित गर्नका लागि आज अपरान्ह बैठक डाकिएको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij