काठमाडौं – कोरोना भाइरसको माहामारी बढ्दै गएपछि विश्वविद्यालयले परीक्षा तालिका स्थगित गरेका छन् । सरकारले सजगता अपनाउन भन्दै परीक्षा नगर्न निर्देशन दिएपछि विश्वविद्यालयले परीक्षा तालिका स्थगित गरेका हुन् ।
आज बिहानै एक सूचना जारि गर्दै पोखरा विश्वविद्यालयले अर्को सूचना नआउदासम्मको लागि परीक्षा स्थगित गरेको छ । त्यस्तै पुर्वाञ्चल विश्वविद्यालयले पनि आफ्ना सम्पूर्ण परीक्षाका कार्यक्रम रद्द गरेको जनाएको छ । त्यसै गरि त्रिभुवन त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ्ग अध्ययन संस्थानले पनि सम्पूर्ण परीक्षा कार्यक्रम आजै देखि लागु हुने गरि स्थगित गरेको जनाएको छ ।
परीक्षाकै बिषयमा छलफल गर्न आज त्रिभुवन विश्वविद्यालयको बोर्ड बैठक बस्दै छ । आजको बैठकले आगामी परीक्षा के गर्ने भन्ने बिषयमा निर्णय गर्ने छ ।
कोरोनाभाइरसको जोखिम बढ्दै गएपछि सरकारले हिजो मन्त्रीस्तरीय निर्णय गर्दै आजै देखि सुरु हुन गैरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij