२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पूर्वमन्त्री साहलाई २८ करोड ५० लाख जरिवाना

पूर्वमन्त्री साहलाई २८ करोड ५० लाख जरिवाना

1.2K
Shares

काठमाडौं– गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको ठहर गरी विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साहलाई बिगोको दोब्बर २८ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने बिहीबार फैसला गरेको छ ।

उनलाई सम्पत्ति शुद्धिकरण गरेकोमा ५ वर्ष कैद हुनेसमेत ठहर गरेको छ । विशेष अदालतलका न्यायाधीशहरु कृष्ण गिरी, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको इजलासले २८ करोड ५० लाख रुपैयाँ जरिवाना गरी ५ वर्ष कैद हुने फैसला गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा विकास भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij