२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंकको २२औं शाखा रहित बैंकिङ्ग सेवा गुल्मीको लिम्घामा

कुमारी बैंकको २२औं शाखा रहित बैंकिङ्ग सेवा गुल्मीको लिम्घामा

1.2K
Shares

काठमाडौं– कुमारी बैंक लिमिटेडले सत्यवती–०४, लिम्घा, गुल्मीमा आफ्नो २२औं शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । सत्यवती गाउ‘पालिकाका अध्यक्ष परिश्वर ढकाल तथा बैंकका संचालक समितिका सदस्य कृष्ण प्रसाद ज्ञवालीद्वारा संयुक्त रुपमा एक समारोह बीच शाखा रहित बैंकिङ्ग सेवाको उद्घघाटन सम्पन्न भएको हो । उक्त उद्घाटन बैंकका डेपुटी सिइओ– उमेश सिंह भण्डारी, भिमलाल पौडेल, चेम्बर ओफ कमर्स–प्रदेश नं. ५ का इन्चाजर्, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको हो ।
विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका १२३ शाखा संजाल, ११९ एटिएम्, ६ एक्सटेन्सन काउन्टर तथा २२ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij