२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सनराइज बैंक र जीएमई रेमिट्यान्सविच सम्झौता

सनराइज बैंक र जीएमई रेमिट्यान्सविच सम्झौता

840
Shares

काठमाडौं – सनराइज बैंक रेमिट्यान्स सेवालाई विस्तार गर्दै लगेको छ । बैंकले जीएमई रेमिट्यान्ससँग सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार सनराइन बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सनराइज रेमिट मार्फत पठाएको रकम जीएमई रेमिट्यान्सका नेपाल अधिराज्य भर रहेका ८ हजारभन्दा बढि एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् । साथै, सम्पुर्ण ग्राहकले सनराइज रेमिट मार्फत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् ।
हाल बैंकले १३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा एटीएम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij