२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोरोनाको आशंकामा ६ जना आइसोलेसन वार्डमा

कोरोनाको आशंकामा ६ जना आइसोलेसन वार्डमा

1.9K
Shares

काठमाडौं – कोरोना भाइरसको आशंकामा ६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. विकास देवकोटाले संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको जानकारी दिए ।

उनले विभिन्न ८ देशका नागरिकलाई नेपाल आउनका लागि रोक लगाइएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij