गोरखा -गोरखामा ट्याक्सी व्यवसायीले मास्क वितरण गरेका छन्। कोरोनाभाइरस संक्रमणबाट जोगिन सचेतना अभियान अन्तर्गत मनकामना यातायात प्रालिका ट्याक्सी व्यवसायीले सार्वजनिक सवारी साधनका चालक, यात्रुलाई मास्क बाँडेका हुन्।
गोरखा बसपार्कमा बुधबार मास्क वितरण गरिएको हो। तीन हजार थान मास्क वितरण गर्ने योजनाअनुसार आजदेखि सुरू गरिएको प्रालिका अध्यक्ष तारा खड्काले जानकारी दिए।
सामुदायिक सेवा केन्द्र गोरखाको समन्वयमा मास्क वितरण गरिएको हो। बाह्रकिलोलगायत विभिन्न चोकमा पनि यात्रुदेखि चालकसम्मलाई मास्क वितरण गर्ने तयारी रहेको उनले बताए।
मास्क वितरण कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोनाभाइरस संक्रमणको उच्च जोखिमको सूचीमा राखेको भन्दै सचेत रहनुपर्ने बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij