२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मध्यपुरथिमि नगरपालिकाद्वारा ‘आइसोलेसन वार्ड’ निर्माण

मध्यपुरथिमि नगरपालिकाद्वारा ‘आइसोलेसन वार्ड’ निर्माण

890
Shares

भक्तपुर- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९०) प्रति सचेत हुँदै नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले ‘आइसोलेसन वार्ड’ निर्माण शुरु गरेको छ ।

भक्तपुरमा सरकारी र निजी गरी नौवटा अस्पताल रहेपनि पहिलो पटक नगरपालिकाको नेतृत्वमा सञ्चालित यो अस्पतालले आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो ।

मध्यपुरथिमि नगरपालिकाको नेतृत्वमा मध्यपुरथिमि नगरपालिका सिद्धिकाली क्षेत्रमा सञ्चालनमा रहेको उक्त अस्पतालमा आजबाट आइसोलेसन वार्ड निर्माण शुरु गरेको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

अस्पताल सञ्चालन समितिका अध्यक्ष रहनुभएका नगरप्रमुख श्रेष्ठले भने, “नेपालमा कोरोना भाइरस नभित्रियोस् भन्नेमा सचेतना अपनाइरहेका छौँ ।” एक साताभित्र आइसोलेसन वार्ड निर्माण सम्पन्न गरेर तयारी अवस्थामा राखिने उनले बताए । नगरपालिकाले अस्पतालमा औषधिको अभाव नहुने गरी व्यवस्थापन गरेको उनले बताए ।

एम्बुलेन्स हस्तान्तरण

नगरपालिकाले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरपालिकाले रु ३९ लाखमा खरिद गरेको उक्त एम्बुलेन्स नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आज अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

यसअघि अस्पतालमा रहेको एम्बुलेन्समा समस्या आउन थालेपछि त्यसलाई मर्मतका लागि पठाएर नगरपालिकाले नयाँ एम्बुलेन्स खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको हो ।

बिरामीलाई सुविधायुक्त एम्बुलेन्सको सहज पहुँच पु¥याउने उद्देश्यले नगरपालिकाले खरिद गरी हस्तान्तरण गरेको उनले बताए ।

अस्पतालमा एउटा नयाँ र पुरानो गरी दुई वटा एम्बुलेन्स सञ्चालनमा रहनेछन् ।

नगरप्रमुख श्रेष्ठले नगरपालिकाद्वारा सञ्चालित कोरिया–नेपाल मैत्री नगरपालिका अस्पताललाई नगरपालिकाले वार्षिक रुपमा दिँदै आएको रु एक करोड अनुदानलाई थप गर्नुका साथै यहाँ बिरामीका लागि आवश्यक प्रविधि एवं पूर्वाधारको विकास गर्दै लगेको बताए ।

दक्ष चिकित्सकको सेवा विस्तार गर्दै लगेपछि यो अस्पताल अहिले मध्यपुरथिमिको बासिन्दाका लागि मात्रै नभई सिन्धुपाल्चोक, रामेछाप, काभ्रेका बासिन्दाको उपचारका लागि सहज पहुँच पुग्न थालेको छ ।

यो अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने लक्ष्य राखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij