२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंक र आईएमएस स्मार्टबीच सम्झौता

सानिमा बैंक र आईएमएस स्मार्टबीच सम्झौता

1.3K
Shares

काठमाडौं – सानिमा बैंक लिमिटेड र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालीबीच सम्झौता भएको छ।

सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको मोबाइल सेट सहज रुपमा मासिक किस्ता भुक्तानी (इएमआइ) प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु रिकमेन्डेड रिटेल मूल्यमा खरिद गर्न सक्नेछन्।

यसैगरी बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक ब्याजदरका साथ १८ महिनासम्मको मासिक किस्ता भुक्तानी गर्न सक्नेछन्। साथै भर्खरै अन्तर्राष्ट्रिय बजारमा लन्च गरिएको ग्यालेक्सी एसट्वान्टी र ग्यालेक्सीएस ट्वान्टीप्लस विशेष मूल्यमा प्रिबुक गर्दा प्रिबुकिङ उपहार समेत प्राप्त गर्न सक्नेछन्।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस नेपाल प्रालीको तर्फबाट सेल्स तथा अपरेसन म्यानेजर नारायण प्रसाद भुषालले हस्ताक्षर गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij