२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मोबाइल एप रिचार्जरले होलीको टी–सर्ट १ रुपैयाँमा दिने

मोबाइल एप रिचार्जरले होलीको टी–सर्ट १ रुपैयाँमा दिने

1.7K
Shares

काठमाडौं – मोबाइल एप रिचार्जरले होलीको अवसरमा १ रुपैंयामा होलीको टी–सर्ट उपलब्ध गराउने भएको छ। रङहरुको पर्व होलीलाई उल्लास बनाउनुका लागि र आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि होलीको थिमयुक्त टीसर्ट १ रुपैंयाँमा उपलब्ध गराउने अफर ल्याएको रिचार्जरले बताएको छ।

रिचार्जरकाअनुसार आउँदो शुक्रबार १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरिद गर्नुपर्नेछ। १ रुपैंयामा टीसर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २४९ क्यास प्वाईन्ट भने प्रयोग गर्नुपर्ने बताइएको छ।

अथवा २४९ क्यास प्वाईन्ट र १ रुपैंया भुक्तान गरेर टीसर्ट किन्न सकिन्छ। रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास प्वाईन्ट पाइने बताइएको छ। क्यास प्वाईन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij