काठमाडौं – आइएमई ग्रुपअन्तगर्तकाे ‘आइएमई पे’ एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै ५० रुपैयाँको बोनस खायो’ योजना ल्याएको छ।
योजना अनुसार सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन सकिने छ। यो योजना फ्रेबुअरी २२ देखि अगस्ट २२, २०२० सम्म लागू गरिएको छ।
योजना अवधिभर क्योदाईबाट नेपालमा ‘आइएमई पे’ गर्ने सेवाग्राहीले ३ पटकसम्म निशूल्कमा पैसा पठाउन सकिने बताइएको छ। चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइने यस योजनाका फाइदाहरु रहेको कम्पनीले बताएको छ। यसका लागि प्राप्तकर्ताले आफ्नो मोबाइलमा ‘आइएमई पे’ डाउनलोड गर्नुपर्छ।
जापानस्थित जुनसुकै क्योदाई काउन्टरमा नेपालमा पठाउनुपर्ने रकम सहित ‘आइएमई पे’ मोबाइल वालेट खाता भएको वालेट नम्बर प्रदान गरी नेपालको ‘आइएमई पे’ मोबाइल वालेटमा निःशूल्क पैसा पठाउन सकिने व्यवस्था कम्पनीले गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij