२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पत्रकार डेकेन्द्र थापा हत्याका मुख्य आरोपी पुर्पक्षका लागि जेल चलान

पत्रकार डेकेन्द्र थापा हत्याका मुख्य आरोपी पुर्पक्षका लागि जेल चलान

1.1K
Shares

दैलेख- पत्रकार डेकेन्द्रराज थापाको हत्यामा मुख्य आरोपितमध्ये दुल्लु नगरपालिका–६ छिउडीपुसाकोटका अरुण भन्ने बमबहादुर खड्कालाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि जेल चलान गरेको छ ।

पत्रकार थापाको हत्यामा मुख्य आरोपित ४ जनामध्ये खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले मंगलबार अदालतमा उपस्थित गराएपछि न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले थुनामा राख्ने आदेश दिएको हो ।

हत्या आरोपित खड्कालाई कैलालीबाट पक्राउ गरी अड्डासार गर्दै दैलेख ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij