२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकद्वारा विद्यालयलाई दश थान कम्प्युटर प्रदान

सिटिजन्स बैंकद्वारा विद्यालयलाई दश थान कम्प्युटर प्रदान

980
Shares

पाल्पा– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पा जिल्लाको रैनादेवी छहरा—४ स्थित श्री भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर प्रदान गरेको छ ।

बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई आजको बदलिँदो प्रतिस्पर्धात्मक प्राविधिक शिक्षण सिकाई गर्नका लागि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको जनाएको छ ।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भुमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकाशक्रम संग यस पुस्तालाई साक्षातकार गराउन यो कदम फलदायी हुने कुरा विद्यालय प्रशासनले जनाएको छ ।

यस किसिमको सहयोगले विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकाहरुको प्राविधिक सिकाई थप प्रभावकारी हुने विश्वास बैंकले लिएको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij