२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डा. खतिवडा मन्त्री पदमा पुनः नियुक्त

डा. खतिवडा मन्त्री पदमा पुनः नियुक्त

1.3K
Shares

काठमाडौं– बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७८ को उपधारा (१) बमोजिम खतिवडालाई मन्त्री पदमा नियुक्त गरेकी हुन् । खतिवाडाले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने छन् । उनलाई आजै सपथ खुवाउने तयारी गरिएको छ ।
संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति पनि मन्त्री हुने व्यवस्था रहेको छ । सो धाराको उपधारा १ मा धारा ७६ को उपधारा ९ मा जुनसुकै कुरा लेखिएको भएपनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ भन्ने व्यवस्था गरेको छ ।
उपधारा २ मा नियुक्त भएको मन्त्रीले ६ महिनाभित्र संघीय संसदको सदस्यता पाएको हुनुपर्ने र उपधारा ३ मा संघीय संसदको सदस्य हुन नसकेमा मन्त्रीका लागि योग्य नहुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij