२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेकपाबाट निर्वाचित नुवाकोटका जनप्रतिनिधि जेल चलान

नेकपाबाट निर्वाचित नुवाकोटका जनप्रतिनिधि जेल चलान

3.1K
Shares

काठमाडौँ – काठमाडौंको भिमसेनगोलाबाट ५३ सालमा ३२ तोला सुन लुटेर भागेका नेकपा नुवाकोट शिवपुरी गाउँपालिका ६ का ४६ वर्षीय राजु थापा पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंले डकैती मुद्दामा फरार रहेका प्रतिवादी थापालाई पक्राउ गरेको हो ।
थापालाइ सर्वोच्च अदालतले डाँका मुद्दामा २०७५ साल असार ११ गते ४ लाख २० हजार जरिवाना र ६ वर्ष कैदको फैसला सुनाएको थियो ।
थापा गत स्थानीय निर्वाचनमा तत्कालनी एमाले (हालको नेकपा) बाट वडा सदस्यमा सबैभन्दा बढी लोकप्रिय मत ल्याएर विजयी भएका थिए ।
ब्यूरोको टोलीले काठमाडौंको मित्रनगरबाट थापालाई मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको र अदालतले उनलाई डील्लीबजार कारागार पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij