२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मंगोलियाका राष्ट्रपति १४ दिनका लागि क्‍वारेन्टाइनमा

मंगोलियाका राष्ट्रपति १४ दिनका लागि क्‍वारेन्टाइनमा

1.5K
Shares

मंगोलिया – मंगोलियाका राष्ट्रपति खाल्तुमागिन बतुल्गालाई १४ दिनका लागि क्‍वारेन्टाइनमा राखिएको छ । एकदिने चीन भ्रमण सकेर स्वदेश फर्किएका राष्ट्रपति बतुल्गा र विदेशमन्त्रीसहित अन्य सरकारी अधिकारीहरुलाई क्‍वारेन्टाइनमा राखिएको त्यहाँको सरकारी सञ्‍चारमाध्यमले जनाएका छन् ।

उनीहरुलाई पूर्वसावधानी स्वरुप चीनबाट फर्किएलगत्तै बिहीबार रातिदेखि क्‍वारेन्टाइनमा राखिएको हो । राष्ट्रपति बतुल्गाले चीनका राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री ली क्‍वाङसँग भेट गरेका थिए । उनले राष्ट्रपति सीसँग मिलेर नोभेल कोरोना भाइरसको सामना गर्ने विषयमा छलफल भएको बताइएको छ । त्यसैगरी बतुल्गाले ३० हजार भेडा अनुदान दिनेसमेत घोषणा गरेका छन् ।

मंगोलियामा भने अहिलेसम्म कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमणको पुष्टि भएको छैन । पूर्व सावधानीस्वरुप मार्चको अन्तिमसम्मका लागि त्यहाँका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् भने मार्च २ सम्मका लागि चीनमा कोइला निर्यात पनि स्थगित गरिएको छ । – सीएनएन

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij