काठमाडौं– हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाले देशको मध्य तथा पश्चिमी भू–भागका केहि स्थानमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
आज बिहीबार दिउँसो देशको पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहि मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राती पनि देशको मध्य तथा पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
शुक्रबार पनि देशभर मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
शनिबार देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ । राति देशको पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij