२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव–२०७६ हुँदै

छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव–२०७६ हुँदै

1K
Shares

काठमाडौं- आबु खैरेनी सामज काठमाडौं को आयोजनामा भृकुटिमण्डमा ‘छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव–२०७६’ हुने भएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सव फागुन २५ देखि २७ गतेसम्म संचालन हुने आयोजकले बताएको हो।

तनहुँ जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुमध्ये आँबुखैरेनी गापा अन्तर्गतको छिम्केश्वरी क्षेत्र एक हो। छिम्केश्वरी क्षेत्रलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक विविधतायुक्त पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय समुदायलाई प्रोत्सहान गर्नु उक्त महोत्वको उद्देश्य रहेको छ।

महोत्सवले गण्डकी प्रदेशको भ्रमण वर्ष सन् २०१९–२०२२ र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोग पुर्याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij