२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बझाङमा जीप दुर्घटना हुँदा १० जना घाइते

बझाङमा जीप दुर्घटना हुँदा १० जना घाइते

440
Shares

बझाङ- बझाङको खप्तडछान्ना गाउँपालिकामा जीप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित १० जना घाइते भएका छन्।

गाउँपालिका कार्यालयबाट गडरायको महेश्वरी माध्यमिक विद्यालयमा जाँदै गरेको से१ज १२२० नम्बरको जीप लामाखेतमा दुर्घटना भएको जिल्ला प्रहरीका कार्यालय बझाङका डिएसपी गणेश बमले जानकारी दिए।

‘गडरायको स्कुलमा राष्ट्रपति रनिङशिल कार्यक्रम थियो। कार्यक्रममा जाँदै गरेको जीप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्ष पाउसरा थापासहित नौ जना सामान्य घाइते र एक जनाको खुट्टा फ्र्याक्चर भएको छ,’ उनले भने।

गाउँपालिकाले उक्त जीप रिजर्भ गरेर लगेको थियो। दुर्घटनाका घाइते एक जनालाई काठमाडौं रिफर गरिएको र अर्कोको जिल्ला अस्पतालमा सामान्य उपचार भइरहेको उनले बताए।

जीपमा विद्यार्थी, शिक्षक र जनप्रतिनिधि गरी २० जना सवार थिए। ‘क्षमताभन्दा बढी यात्रु, घुम्ती र स्पिडका कारण दुर्घटना भएको हुनसक्छ,’ डिएसपी बमले भने।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij