२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सवारी दुर्घटनामा गम्भिर घाइते भएका मेजर ईश्वर सिलवालको मृत्यु

सवारी दुर्घटनामा गम्भिर घाइते भएका मेजर ईश्वर सिलवालको मृत्यु

1.2K
Shares

काठमाडौं – सल्यानको चोरखालमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते मेजर ईश्वर सिलवालको मृत्यु भएको छ । वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको नेपाली सेनाले जनाएको हो ।
सिलवाल सेनाको सबुज गणमा कार्यरत् थिए । सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको सेनाको लु१ग १२३ नम्बरको गाडी २९ माघमा दुर्घटना हुँदा जवान २९ वर्षीय यादवराज ढरेलको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा मेजर सिलवालसहित जवान रोशन हिटन, हवल्दार जयप्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठलगायत घाइते भएका थिए । अन्यको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij