२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रदेशसभा सदस्य दीपक मनाङ्गे ६ हजार धरौटीमा रिहा

प्रदेशसभा सदस्य दीपक मनाङ्गे ६ हजार धरौटीमा रिहा

1.3K
Shares

पोखरा- गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङ्गे भनिने राजिव गुरुड धरौटीमा रिहा भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुलमाथि कुटपिट गरेको आरोपमा गत बुधबार पक्राउ परेका मनाङ्गे जिल्ला प्रशासन कार्यालय कास्कीमा ६ हजार धरौटी बुझाएर आइतबार रिहा भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले ६ हजार धरौटीमा प्रदेशसभा सदस्य ममनाङ्गलाई रिहा गरिएको जानकारी दिए ।

गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा मनाङ्गबाट सहभागी भएको टिमलाई बसोबार र खेलकुद मैदानको उचित व्यवस्थापन नगरेको भन्दै सभासद् मनाङ्गेले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गर्दै अभद्र व्यवहार गरेका थिए ।

सार्वजनिकस्थलमै मनाङ्गेले अध्यक्ष गुरुङलाई मुक्का हाने लगत्तै एन्फाका अध्यक्ष मिलनले जिल्ला प्रहरी कार्यालय कास्कीमा सांसद मनाङ्गे विरुद्धमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij