२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फुडमान्डुसँग एनआइसी एशियाको बैंकिङ साझेदारी

फुडमान्डुसँग एनआइसी एशियाको बैंकिङ साझेदारी

480
Shares

काठमाडौँ –  फुडमान्डु प्रालिले अनलाइन फुड फेस्टिभल २०२०को अवसरमा एनआइसी एशिया बैंकसँग बैंकिङ साझेदार रहने सहमति भएको छ। यसअन्तर्गत बैंकको मोबाईल बैकिङ एप प्रयोग गरी किउआरमार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकले ३० प्रतिशत छुट पाउने छन्।

यो अफर ७ दिनसम्म (पुष २१ देखि २७ सम्म) का लागि लागू गरिएइको छ। उक्त साझेदारीअनुसार ग्राहकले फुडमान्डुबाट आफुलाई इच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।

एनआइसी बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउन्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij