२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विप्लवका चार कार्यकर्ता सुनसरीबाट पक्राउ

विप्लवका चार कार्यकर्ता सुनसरीबाट पक्राउ

1K
Shares

सुनसरी – प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य उमा भुजेललाई पक्राउ गरेको छ। शनिबार सुनसरी प्रहरीले मेची-कोशी कमाण्ड ईञ्चार्जसमेत रहेकी भुजेललाई नियन्त्रणमा लिएको हो।

सुनसरी चक्रघट्टीबाट भुजेलसँगै मेची-कोशी कमाण्ड सहईञ्चार्ज सुमन सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ। विप्लव समूहकै मोरङ ईञ्चार्ज नरेश चौलागाईँ र क्षितिज पौडेललाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

पक्राउ परेका चारै जनालाई जिप्रका मोरङमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij