२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता

सानिमा बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता

565
Shares

काठमाडौं– सानिमा बैंक लिमिटेड र ब्लु क्रस अस्पताल लिमिटेडबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ। यस सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडकोतर्फबाट प्रमुख डिजिटल बैंकिङ विक्रम श्रेष्ठ र ब्लु क्रस अस्पताल लिमिटेडको तर्फबाट सदस्य सचिव कार्यकारी व्यवस्थापन समिती रजत श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यस सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ब्लु क्रस अस्पताल लिमिटेड साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन्।

साथै, प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा १० प्रतिशतसम्म छुट पाउँन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij