२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालमा उत्तर कोरियाली लगानी पूरै बन्द

नेपालमा उत्तर कोरियाली लगानी पूरै बन्द

935
Shares

काठमाडौं – संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। ‘राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी नेपाल सरकारले पूर्णरूपमा कार्यान्वयन गरेको छ’, मन्त्री ज्ञवालीले भने, ‘नाकाबन्दी कार्यान्वयन गरेको बारेमा सरकारले औपचारिक रूपमा राष्ट्रसंघलाई जानकारी गराइसकेको छ।’

उक्त मुलुकका नागरिकले नेपालमा खोलेका उद्योग सबै बन्द भएका छन्। त्यसमा काम गर्दै आएका उत्तर कोरियाली सबै प्योङयाङ फर्किएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij