२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कावासोतीमा बस दुर्घटना हुँदा नेपाली सेनाका १७ जना घाइते

कावासोतीमा बस दुर्घटना हुँदा नेपाली सेनाका १७ जना घाइते

730
Shares

नवलपरासी- पूर्वी नवलपरासीको कावासोतीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौंका लागि छुटेको बस कावासोती-३ पुरानो कावासोती बजारमा दुर्घटनामा परेको हो ।

नेपाली सेना सवार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं आउँदै गरेका जवानहरु सवार बस दुर्घटनामा परेको हो ।

घाइतेमध्य्ये प्रेमबहादुर खत्री र विरेन्द्र शाही गम्भीर छन् । उनीहरुको चितवनमा उपचार भइरहेको छ भने् अन्यको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान ३ बजेतिर अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ । बसमा ४० जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij