२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिद्धी सिद्धी सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण

रिद्धी सिद्धी सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण

1K
Shares

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ए क्लासतर्फ गोल्ड अवार्डको उपाधि कालिका कन्स्ट्रक्सनले जित्दा सिल्भर अवार्ड जय धनञ्जय निर्माण सेवाले जितेको छ । ब्रोन्ज अवार्ड तुँदी कन्स्ट्रक्सनले पाएको छ । बी क्लासतर्फको गोल्ड अवार्ड जय विष्णु निर्माण सेवाले हात पारेको छ । बी क्लासतर्फ सिल्भर अवार्ड के एम इन्जिनियर्स एण्ड बिल्र्डसले जित्यो ।

नयाँबाटो निर्माणले सी क्लासतर्फको गोल्ड अवार्ड जित्न सफल भएको छ । सिल्भर र ब्रोन्ज अवार्ड भने क्रमशः शाह निर्माण सेवा र पुष्प निर्माण सेवाले जितेका छन् । डी क्लासतर्फ प्रदेश ७ मा श्रीपुर बिल्र्डस् उत्कृष्ट भएको छ । प्रदेश ३ मा आइ एस निर्माण सेवा उत्कृष्ट हुँदा प्रदेश १ मा आशीर्वाद निर्माण सेवा उत्कृष्ट ठहरियो ।

भूगोल अन्र्तगत हिमाल तर्फ गोरखा निर्माण व्यवसायी संघ, पहाडमा. काभ्रे व्यवसायी संघ.र तराईतर्फ लुम्बिनी निर्माण सघले अवार्ड हात पारेका छन् । उदाहरणीय निर्माण कार्य गर्ने इलियट–एडभान्चर–लोहनी जेभीका मोतीलाल शर्मा र समानान्तर–डाँफे जेभीका अच्युतप्रसाद खरेलले पनि अवार्ड जितेका छन् । नेपाली निर्माण क्षेत्रमा विशिष्ट योगदान दिए बापत् एफक्यान ग्लोरी अवार्ड महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनलाई प्रदान गरियो ।

अग्रणी इन्जिनियरको रुपमा स्वर्गिय प्राध्यापक डाक्टर दिपक भट्टराई सम्मानित हुँदा उत्कृष्ट महिला निर्माण व्यवसायीको रुपमा कालिकोटकी ताराकुमारी शाह पुरस्कृत भएकी छिन् । नेपालमै अध्ययन गरी इन्जिनियरिङ संकायमा उत्कृष्ट अंक ल्याउन सफल निर्माण व्यवसायी धर्मराज सुवेदीका छोरा इन्जिनियर बिप्लब सुवेदीलाई पुरस्कृत गरियो ।

महासंघको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र रिद्घी सिद्घी सिमेन्ट (शंकर गु्रप) को मुख्य प्रायोजनमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको आयोजनामा जगदम्बा स्टील तथा केस कन्स्ट्रक्शनको पनि महत्वपूर्ण सहयोग रहेको थियो ।

१२औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा राजधानीमा एक कार्यक्रम गरी महासंघले अवार्ड वितरण गरेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पु¥याउने व्यक्ति, संघसंस्था तथा फर्म–कम्पनीहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ ।

कार्यक्रमको आयोजनामा जगदम्बा स्टील तथा केस कन्स्ट्रक्सनको पनि महत्वपूर्ण सहयोग रहेको थियो । युरोपेली प्रविधियुक्त प्रक्रियाद्वारा उत्पादित रिद्धी सिद्धी सिमेन्टले सर्वश्रेष्ठ उत्पादन सुनिश्चित गर्न सर्वोत्कृष्ट युरोपेली प्रविधि प्रयोगमा ल्याएको छ । स्वचालित रोबोटिक गुणस्तर नियन्त्रण प्रणाली तथा लेजर सिल प्याकेजिङ जस्ता उत्कृष्ट प्रविधि सहित अत्याधुनिक पर्यावरण मैत्री सिमेन्ट रिद्घी सिद्घीले नेपाली बजारमा सिमेन्ट गुणस्तरको नयाँ मापदण्ड खडा गर्ने लक्ष्य बोकेको छ ।

त्यसैगरी, सन् १९९४ मा स्थापना भएको जगदम्बा स्टीलले नेपालको पहिलो अत्याधुनिक स्वचालित मिल तथा कम्प्युटर प्रविधियुक्त गुणस्तर नियन्त्रण ल्याब प्रयोगमा ल्याएको थियो । हाल १५०० मेट्रिक टन उत्पादन क्षमता सहित जगदम्बा स्टील नेपालकै सबैभन्दा ठूलो स्टील कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij