काठमाडौं-काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा. ५ ख. २५६५ नम्बरको बसबाट ओर्लने क्रममा बा. ५ ख. ११७५ नम्बरको बसले सोमबार बिहान ठक्कर दिँदा परिचय नखुलेका करिब ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । उक्त सवारी साधन सहित दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij