काठमाडौं -जलपरी गौरिका सिंहले दक्षिण एसियाली खेलकुद (साग) ऐतिहासिक तेस्रो स्वर्ण जितेकी छन् । १३औं सागको पौडी अन्तरगत आइतबार ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरा गरिन् ।
आइतबार नै भएको ५० मिटर ब्याकस्ट्रोकमा भने उनी रजत पदकमा सिमित भइन् ।
तीन स्वर्ण जित्ने पहिलो नेपाली
गौरिका सागको एउटै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । उनले पौडीको पहिलो दिन २०० मिटर फ्री स्टायल र दोस्रो दिन २००ब्याकस्ट्रोकमा स्वर्ण जितेकी थिइन् । १०० मिटर ब्याकस्ट्रोकमा रजत जितेकी छिन् ।
४०० मिटर फ्री स्टाइलमा भने गौरिकासहितको टिमले काश्य पदक जितेको छ । यससँगै १३औं सागमा उनको पदक तीन स्वर्ण, एक रजत र एक काश्य भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij