२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रशुले जितिन् किड क्विन नेपाल–२०१९

रशुले जितिन् किड क्विन नेपाल–२०१९

1.5K
Shares

काठमाडौं– ‘किड क्विन नेपाल–२०१९’ को उपाधि रशु पन्तले जितेकी छिन् । नेप्लीज फेसन होमले आयोजना गरेको उक्त प्रतियोगिता राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो ।

२१ जना प्रतियोगिहरुले भाग लिएको उक्त प्रतियोगितामा रशुले नगद १० हजार रुपैयाँ राशीको उक्त उपाधि जितेकी हुन् । उपाधिसंगै उनले आकर्षक मुकुटका साथमा विभिन्न उपहारहरु समेत प्राप्त गरिन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न १७ औं संस्करणको उक्त प्रतियोगितामा रोशिका लामाले फस्ट रनर्सअपको उपाधि जितिन् भने कृष्मा ढुंगनाले सेकेन्ड रनर्सअपको उपाधि जित्न सफल भइन् ।

समारोहमा सोसियल वेलफेयरको उपाधि सान्भी बानियाँले, मिस ट्यालेन्टको उपाधि सुप्रिया बिष्टले, मिस फ्रेन्डसिपको उपाधि निशा बिकले, मिस स्माईलको उपाधि स्नेहा रजकले, मिस पर्सनालिटीको उपाधि रितिका थापाले, मिस क्याटवाकको उपाधि मनिषा राईले, मिस कल्चरको उपाधि प्रकृना प्रधानाङ्गले जित्न सफल भए ।

त्यस्तै पब्लिक च्वाईसको उपाधि सुप्रिया तामाङले जितिन् भने बेस्ट ड्रेसको उपाधि सरु खोटेजुले, मिस डिसिप्लेनको उपाधि प्राची किबनायोले, बेस्ट हेयरको उपाधि स्नेहा प्रजापतिले, मिस एलिगेन्टको उपाधि श्रीया जराजुले, बेस्ट स्किनको उपाधि आयुषा वाईवाले, तथा मिस चार्मिङको उपाधि निमिषा श्रेष्ठले जित्न सफल भए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विधासुन्द शाक्यले प्रतियोगितामा सबैजसो नानीहरु प्रतिभावान रहेका र यस्ता प्रतियोगिताले उनीहरुलाई धेरै कुरा सिकाएको बताए । अहिलेको बालबालिकालाई प्रतिभा प्रस्तुतिसम्बन्धि यस्ता कार्यक्रमले समाजमा अघि बढ्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न मद्दत पुर्याउने गरेको भनाई मेयर शाक्यले सो कार्यक्रममा राखे ।

नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बालिकाहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि आफुहरुले हरेक वर्ष काठमाडौं उपत्यकाका विभिन्न विधालयका बालिका तथा किशोरीहरुबीच यो प्रतियोगिता आयोजना गर्दै आएको बताईन् ।

सञ्चारकर्मी रोजिन शाक्यद्वारा सञ्चालित उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको निर्णायकमा सञ्चारकर्मीद्वय कृष्ण भट्टराई तथा डब्बु क्षत्री, मार्शलआर्टका गुरु अशोक कुमार श्रेष्ठ, नेपाल एयरलाईन्स कर्पोरेशनका अच्युतराज पहाडी, गायिका लसता जोशी, मेकअप आर्टिस्ट मञ्ज कार्की पाण्डे तथा व्यवसायी रोशन सायमी थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij