पोखरा- पोखराका दुई पत्रकारहरु सम्मानित भएका छन् । नेपाल हवाई खेलकुद संस्था (ना) ले अग्रज पत्रकार केशव पाठक र सुमन ढुंगानालाई सम्मान गरेको हो । ना को ८ औं अधिवेशन तथा १७ औं साधारणसभाको अवसरमा विहीवार पाठक र ढुंगानालाई जनही १५ हजार नगद, सम्मानपत्रसहित सम्मान गरेको हो ।
पत्रकारिता मार्फत नेपालको हवाई खेलकुदको प्रचार प्रसार तथा प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै उनीहरु सम्मानित भएका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij