२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकका ग्राहकले स्पार्क हेल्थ होम हस्पिटलमा छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले स्पार्क हेल्थ होम हस्पिटलमा छुट पाउने

645
Shares

काठमाडौं – सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटल बिच बैंकका ग्राहकहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुले स्पार्क हेल्थ होम हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन्।

यो सेवा स्पार्क हेल्थ होम हस्पिटलका काठमाण्डौ उपत्यकाका चारवटै शाखा कार्यलय (चावहिल, सतुंगल, भक्तपुर र सोल्टीमोड) बाट उपलब्ध हुनेछ।

बैंकले देशभरि फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij