काठमाडौं तीन वटा मेडिकल कलेजमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छापा मारेको छ।
आइतबार चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज वीरगन्ज र नोबल मेडिकल कलेज विराटनगरमा विभागले छापा मारेको हो।
मेडिकल कलेजहरूमा सरकारले तोकेको भन्दा धेरै शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा छन्।
विभाग स्रोतका अनुसार मेडिकल कलेज सञ्चालकहरूको सम्पत्ति छानबिनको काम सुरू गरिएको छ भने ती मेडिकल कलेजका भर्नासम्बन्धी महत्वपूर्ण कागजातहरू जफत गरिएको छ।
नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारी हुन्। नोबेल सञ्चालक सुनील शर्मा हुन् भने चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपाने हुन्। नेसनल र चितवन मेडिकल कलेजले विद्यार्थीबाट गैरकानुनी शुल्क उठाउँदै आएको आरोप छ। नोबेल आफ्नो स्वामित्वमा ल्याउँदै शर्माले गैरकानुनी बाटो अपनाएको र त्यसले कानुनी- आर्थिक दायित्व पूरा नगरेको आरोप छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij