२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

“पल्सर डेयर भेन्चर ४” नोभेम्बर १६ देखि

“पल्सर डेयर भेन्चर ४” नोभेम्बर १६ देखि

1K
Shares

काठमाडौं – बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट गर्ने भएको छ । पल्सर डेयर भेन्चर ४ यहि शनिबार अर्थात नोभेम्बर १६ तारिकबाट राति ९ बजेदेखि एपी १ टिभीमा प्रसारण हुने भएको छ ।

पहिलो पटक पल्सर डेयर भेन्चरले अन्तर्राष्ट्रिय सिमाना पार गरेर १२ जना साहसी र निडर राइडरहरुलाई बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य, लद्दाखमा लगेको छ ।

सिमावर्ती बाइक यात्राको अनुभव र मज्जा लिनुका साथै विजेताले रु १० लाख नगद र नयाँ पल्सर एनएस २०० प्राप्त गर्नेछन् । पल्सर डेयर भेन्चरले सफलतापूर्वक ३ वटा सिजन पूरा गरिसकेको छ जुन क्रमश २०१४, २०१५ र २०१७ मा शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij