२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल क्लियरिङ हाउसको आठौं वार्षिक साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ हाउसको आठौं वार्षिक साधारण सभा सम्पन्न

730
Shares

काठमाडौं – नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सोमबार काठमाडौंमा सम्पन्न सभामा कम्पनीको चुक्ता पूँजी २१.६ करोड रहेकोमा ३८% बोनस शेयर वितरण गरी २९.८ करोड पुर्याउने निर्णय गरिएको छ।

साथै बोनस शेयर ट्याक्स प्रयोजनका लागि २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ।  कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ५० करोड पुर्याइने निर्णय गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले खुद नाफा २३७,७३५,७८६ गरेको छ।

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij