२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय वाणिज्य बैंकको सुदूर पश्चिम प्रादेशिक कार्याल संचालनमा

राष्ट्रिय वाणिज्य बैंकको सुदूर पश्चिम प्रादेशिक कार्याल संचालनमा

830
Shares

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सुदूर पश्चिम प्रादेशिक कार्यालय कैलालीको धनगढीमा उद्घाटन भएको छ । । सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले ताम्रपत्र अनावरण गर्दै एक समारोहका बीच सोमबार उद्घाटन गरे ।

उक्त अवसरमा मुख्य मन्त्री भट्टले सरकारको लगानीमा संचालित संस्थानहरुको कार्यसम्पादन विगतमा सन्तोषजनक नभएपनि हालको समयमा राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताउँदै सेवा प्रवाहमा गुणस्तरीयताका लागि सम्पूर्ण ग्राहकहरुलाई समान ब्यवहार गर्नुपर्ने तथा सरल र सहज बैंकिङ्ग सेवा प्रवाहका लागि “सेवा सहितको नाफा र नाफा सहितको सेवा” प्रवाहमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक नपुगेका स्थानिय तहमा बैंकिङ्ग सेवा पुर्याउंदै जाने प्रतिबद्धता ब्यक्त गर्दै ‘समृद्ध नेपाल सुखी नेपालीको’ नारा सार्थक पार्न बैंक तथा वित्तीय संस्थाहरुको अहम् भूमिका हुने बताउँदै त्यसमा राष्ट्रिय वाणिज्य बैंकले अग्रणी भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij