काठमाडौं – राजधानीको भृकुटीमण्डपमा फूड, बेभरेज एण्ड हस्पीटालिटी एक्स्पो सुरु भएको छ। आइतबारसम्म चल्ने यस एक्स्पोमा देश/विदेशमा उत्पादन भएका खाद्य पदार्थको प्रदर्शनी गरिएको छ। मदिरा, ड्राइ फूड्स, जुस, बेकरी, जडिबुटी औषधि तथा घरायसी मेसिनरी सामानका १ सय २८ स्टलहरु छन्।
खानपिनका पारखीलाई मध्यनजर गर्दै भएको यो एक्स्पोमा विभिन्न परिकारका खाना बनाउनका लागि आवश्यक भाँडा तथा औजारहरु किन्न पाइन्छ। साथै बनाउने तरिका तथा आवश्यक सामाग्रीबारे जानकारी पाइन्छ।
गुणस्तरीय खाद्यबस्तु बिक्री गर्ने, सही तरिकाले परिकार बनाउन र खान सिकाउने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij