२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उद्योगपति एवं पूर्वमन्त्री रुप ज्योती पक्राउ

उद्योगपति एवं पूर्वमन्त्री रुप ज्योती पक्राउ

620
Shares

काठमाडौं – उद्योगपति एवं पूर्वमन्त्री रुप ज्योती पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
हाउजिङको घर दिन्छु भन्दै नदिएको भन्दै विजेन्द्रमान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
ज्योती शाही सरकारमा अर्थराज्यमन्त्री थिए । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा अनुमति दिएको थियो। तर, उनी त्यसविरुद्ध सोही वर्ष मंसिर २४ मा सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij