काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्गलागि नेपाली राजदूत लोकबहादुर थापाज्बीच मंगलबार चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ ।
कार्यक्रममा राजदूत थापाले आफूले तिमुलुक र नेपालबीच आर्थिक सम्बन्ध मजबुत बनाउन उच्च मनोबलका साथ काम गर्दै आएकोले चेम्बरको सुझाबलाई आत्मसाथ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबद्र्धनम ाप्रभावकारी भूमिकानिर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसंग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा युरोपियन युनियनका लागि समेत राजदूत थापाले युरोपियन युनियनले प्रदान गरेको एभ्रिथिङ्ग वट आर्म (ईबीए) अन्तर्गत नेपाल जस्तो अल्पविकसित मुलकबाट विनाभन्सार निर्यात गर्ने अवसरको प्रचुरतम फाइदा नेपाले लिनको लागि आफ्नो तर्फबाट प्रबद्र्धन कार्यमा रहने कटीबद्ध रहेको र व्यवशायीक समुदायले समेत उत्पादनदेखि निकासी बजार तहसम्म वस्तु विकास र निकासीमा जोड दिनुपर्ने बताए । साथै लगानी सुरक्षित गर्न ईयूका सदस्य राष्ट्रहरुसँग विप्पा र दोहोरो कर उन्मुक्ति सम्झौता क्रमश तीब्रताका साथगर्दै जानु पर्नेमासमेत जोड दिए ।
कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, उत्पादन मूलक उद्योग लगायतका क्षेत्रमा बेल्जियम, नेदरल्याण्ड तथा लक्जेम्बर्गबाट लगानी एवं प्रविधि भित्रयाउन कुटनीतिक पहल हुनुपर्नेमा जोड दिए । अध्यक्ष श्रेष्ठले विशेष गरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरुको प्रबद्र्धन गर्न आर्थिक कुटनीति सक्रिय हुनुपर्ने बताए ।
उक्त भेटमा अध्यक्ष श्रेष्ठले औद्योगिक÷व्यापारीक प्रतिनिधीमण्डलको आदानप्रदान, पर्यटन मेला, एफ डी आई आकर्षण, ईयुका लगानीकर्तासँग नेपालका लगानीकर्ता बीच भेट, लगानी सम्भावना सम्बन्धी सूचना आदानप्रदान, नेपाली निर्यातकर्ताहरुको बजार विस्तार गर्न युरोपियन युनियनका संभाब्य आयातकर्तासँग अन्तरक्रिया गराउन पहल गर्ने, नेपालको चिया तथा कपि mनिर्यातको लागि त्यहाँका आयातकर्तासँग सम्बन्ध बढाउने, पर्यटन प्रबद्र्धन राजदूत थापाको भूमिका महत्वपूर्ण रहने बताए । खासखास नेपाली मौलिक पहिचान दिने उत्पादनहरुको प्रवर्द्धन गरी निर्यात बढाउन सके नेपालले नेदरल्याण्ड र बेल्जियमबाट निकै धेरै लाभ उठाउन सक्ने सुझाव चेम्बरको रहेको उनले बताए ।
लगानी सम्मेलन पछि र एकद्धार प्रणाली पछि सम्भावना र संख्या बढेको छ । चेम्बर का अनुसार सन् २०१८ मा नेदरल्याण्डसँग १,५८,५५,८२६ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा नेदरल्याण्डबाट गतवर्ष सन् २०१८ मा १,९७,४४,२२८ अमेरिकी डलरबराबर आयात भएको छ भने नेपालबाट नेदरल्याण्डमा गतवर्ष सन् २०१८मा ३९,१८,४०२ अमेरिकी डलरबराबर निर्यात भएको छ ।
सन् २०१८मा बेल्जियमसँग १,८०,७५,५०८ अमेरिकी डलरबराबर व्यापार घाटा रहेको छ भने नेपालमा बेल्यिमबाट गतवर्ष सन् २०१८मा २,०७,१५,८५५ अमेरिकी डलरबराबर आयातभएको छ भने नेपालबाट बेल्जियमा सन् २०१८ मा २६,४०,३४७अमेरिकी डलरबराबर निर्यात भएको छ ।
सन् २०१८ मालक्जम्बर्गसँग ४,४६,०७३अमेरिकी डलरबराबर व्यापार घाटा रहेको छ । भने नेपालमा लक्जम्बर्गबाट गतवर्ष सन् २०१८मा ४६,३२३अ मेरिकी डलर बराबर आयातभएको छ । भने नेपालबाट लक्जम्बर्गमा सन् २०१८ मा १७,१५८अमेरिकी डलरबराबर निर्यात भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij