काठमाडौं – ज्योति विकास बैंक र राशी अटोमोबाइल्सबीच सम्झौता भएको छ। सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा राशी अटोमोबाइल्सको तर्फबाट राशी अटोमोबाइल्सका अध्यक्ष अर्जुन रानाभाटले हस्ताक्षर गरेका थिए।
अब राशी अटोमोबाइल्सको सिफारिस प्राप्त ग्राहकहरुले न्यू होलण्ड ब्राण्डका निर्माण उपकरणको लागि ज्योति विकास बैंकमार्फत सहज रुपमा कर्जा प्राप्त गर्नेछन्। निर्माण क्षेत्रमा न्यू होलण्डका निर्माण उपकरणहरुले गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली मन जित्न सफल भएको छ।
यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट न्यू होलण्ड ब्राण्डका निर्माण उपकरणहरु ग्राहकवर्गहरुलाई सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त कर्जा सेवा लिन सकिने बैंकले जनाएको छ।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij