२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुरक्षा परिषद्द्ले दियो उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

सुरक्षा परिषद्द्ले दियो उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

795
Shares

काठमाडौँ – आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि राष्ट्रिय सुरक्षा परिषद्ले सेना परिचालन गर्न स्वीकृति दिएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सुरक्षा परिषद् बैठकले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएको हो । परिषद्को यो निर्णयसँगै अब सुरक्षा परिषद्‌बाट स्वीकृत विषय मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सेनाको नेतृत्वमा चुनावी सुरक्षा कार्ययोजना लागू गर्ने बाटो खुल्ने छ ।
नेपालको संविधान २०७२ अनुसार सुरक्षापरिषद‍्बाट निर्णय र मन्त्रिपरिषद्‌बाट स्वीकृत भई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गर्न सक्ने व्यवस्था छ । यो निर्णयसँगै चुनावका लागि स्थानीय प्रशासन ऐन २०२८ अनुसार प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष नेतृत्व र नियन्त्रणमा रहने गरी सेना परिचालन हुने भएको छ ।
आयोगले निर्वाचनमा सेना र प्रमुख जिल्ला अधिकारीको भूमिका स्पष्ट हुने गरी निर्णय गर्न सरकारलाई निर्देशन दिएको थियो ।
३७ जिल्लामा प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य ३, स्थानीय तह प्रमुख ४, उपप्रमुख १ र वडाअध्यक्ष ४३ गरी ५३ पदका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij