२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डेपुटी गभर्नर श्रेष्ठ निलम्बन, तीन सदस्यीय छानविन समिति गठन

डेपुटी गभर्नर श्रेष्ठ निलम्बन, तीन सदस्यीय छानविन समिति गठन

630
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् ।
राष्ट्र बैंकले शिवराज श्रेष्ठमाथि लागेको आरोपको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समिति गठन भएसँगै श्रेष्ठ स्वत्तः निलम्बनमा परेका हुन् ।
राष्ट्र बैंकले श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र डा. सुबोध कुमार कर्ण गरी ३ सदस्यीय छानबिन समिति गठन गरेको हो। छानबिन समितिलाई अध्ययनका लागि ३० दिनको लागि समय दिइएको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार डेपुटी गभर्नर छानबिन प्रक्रिया अगाडि बढेसँगै स्वतः निलम्बनमा पर्ने व्यवस्था छ ।
श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा असहयोग गरेको, एनसेललाई अदालतको निर्णय आउनुपूर्व नै लाभांश लैजान स्वीकृति दिएको, बैंकको खराव कर्जा लुकाउन सहयोग गरेको, सुमार्गीको रकम फुकुवा गर्न सहयोग गरेकोजस्ता आरोप लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij