२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको अन्वेषण गर्न आएका चिनियाँ टोलीले बनाए बेसक्याम्प

दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको अन्वेषण गर्न आएका चिनियाँ टोलीले बनाए बेसक्याम्प

675
Shares

दैलेख- दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभीस्थानलगायतका क्षेत्रहरुमा अन्वेषणका लागि दैलेख पुगेको चिनियाँ प्राविधिक टोलीले दैलेखको डुँगेश्वर गाउँपालिका वडा नं. १ को चुप्रामा अन्वेषण र उत्खनन्को समय अवधिभर बस्नका लागि बेसक्याम्प निर्माण गरेको छ ।

नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेख आएको प्राविधिक टोलीले सिस्मिक सर्भे, जिओलोजिकल सर्भे र म्यागनेट सर्भेलगायतका कामहरु सुरु गरेको छ । दैलेखको नारायण नगरपालिका वडा नं. ६ मा चिनियाँ जिओलोजिकल सर्भेको कार्यालय स्थापना पश्चात् बेसक्याम्प निर्माण गरी अन्वेषणको कामलाई द्रुत गतिमा अगाडि बढाइएको छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भ्विद् गणेश त्रिपाठीका अनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि चारवटा टोली खटिएका छन् । उहाँका अनुसार पहिलो टोलीले सर्भे गरेर आवश्यक पर्ने नक्सा निर्माण गर्नेछ, दोस्रो टोलीले जिओलोजिकल सर्भे गरेर जमिनको सतह मुनिको अवस्थाका विषयमा अनुसन्धान गर्ने, तेस्रो टोलीले अन्वेषणका लागि आवश्यक पर्ने औजारहरु मगाउने र चौथो टोलीले सिस्मिक सर्भे गर्नेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा कमल शर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij