२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकद्वारा ३४ प्रतिशत लाभांश घोषणा

नबिल बैंकद्वारा ३४ प्रतिशत लाभांश घोषणा

1.1K
Shares

काठमाडौं – नबिल बैंकले ३४% लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र २२ % नगद लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण सुरु गर्ने जनाएकाे छ । गत वर्ष पनि नबिलले १२% बोनस सेयर र २२% नगद गरी ३४% लाभांश वितरण गरेको थियो ।

बैंकले १ अर्ब ८ करोड १४ लाख २१ हजार ४०० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, १ अर्ब ९८ करोड २६ लाख ५ हजार ९०० रुपैयाँ नगद लाभांश बाँड्ने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij