२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सारिका र योगेश काजीको गीतमा आष्मा र सरोजको अभिनय (भिडियो)

सारिका र योगेश काजीको गीतमा आष्मा र सरोजको अभिनय (भिडियो)

1.3K
Shares

काठमाडौं – योगेश काजी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘हेल्लो’ सार्वजनिक भएको छ । एकनारायण भण्डारीको शब्द, आशिष अबिरलको सङ्गीत तथा एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गम्भीर विष्टले कोरियोग्राफी र निर्देशन गरेको गीतको भिडियोमा कार्टुन क्रुजका आष्मा विश्वकर्मा र सरोज अधिकारीसहित उनको समूहले अभिनय गरेको छ ।

भिडियोमा अर्जुन तिवारीको डिओपी, बुद्ध थापाको छायांकन, नविन निरौलाको सम्पादन र कलर ग्रेडिङ, सुरेन बसेलको प्रोडक्सन, सुबोल थापाको सहायक निर्देशन छ । भिडियोलाई कार्टुन क्रुजको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पछिल्लो पुस्तालाई लक्षित गरिएको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

नायिका तथा मोडल सारिका घिमिरे यतिवेला गीत मार्फत पनि स्रोता/दर्शकको मन जित्न सफल भएकी छन् भने योगेशकाजीका गीत पनि एक पछि अर्को स्रोता/दर्शकको रोजाइमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij