२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिसेस इन्टरनेशनल २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै स्नेहा राउत सिंगापुरमा

मिसेस इन्टरनेशनल २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै स्नेहा राउत सिंगापुरमा

760
Shares

काठमाडौं – विवाहित महिलाहरुबीच सिंगापुरमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस इन्टरनेशनल २०१९ मा यस वर्ष रिवन इन्टरटेनमेन्टद्वारा आयोजित मिसेस नेपाल इन्टरनेशनल २०१९ की सेकेण्ड रनर्सअप स्नेहा राउत थापाले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् ।
मिसेस इन्टरनेशनल २०१९ की विजेता भाविषा कोइराला चटौतको सवारी दुर्घटनामा परी खुट्टाको मासु च्यातिएकाले यस वर्ष उनी यो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन नसक्ने भएपछि रिवन इन्टरटेनमेन्टले सेकेण्ड रनर्सअप स्नेहालाई नेपालबाट सहभागी गराएको हो। रिवन इन्टरटेनमेन्टकै पहलमा दक्ष इन्टरटेनमेन्टद्वारा आयोजित मिसेस व्युटीफुल नेपाल २०१८ की विजेता संगीता न्योपानेलाई सो प्रतियोगिताअन्र्तगतको एमएस इन्टरनेशनलमा नेपालका तर्पmबाट प्रतिनिधित्व गराइएको छ । प्रतियोगितामा सहभागी हुन स्नेहा र संगीता गत विहिबार नै सिंगापुर पुगिसकेका छन्। उनीहरु कोरियोग्राफर अश्विनी झा र मिसेस नेपाल २०१९ का इभेन्ट निर्देशक निशु झाको नेतृत्वमा सिंगापुर पुगेका हुन्। दुबै विजेतालाई सो अन्तराष्ट्रिय प्रतियोगितामा स्पर्धा गर्न कोरियोग्राफर अश्विनी झालगायत विभिन्न विधाका विज्ञहरुले विविध प्रशिक्षण दिएका छन् । आयोजक निशु झाका अनुसार प्रतियोगिताका विभिन्न चरण हिजो शुक्रवारदेखि शुरु भईसकेको छ भने आगामी नोभेम्बर ९ तारिखसम्म चल्नेछ । प्रतियोगिताको अन्तिम स्पर्धा भने नोभेम्बर ८ तारिखका दिन सिंगापुरको अर्किड कन्ट्री क्लबमा हुनेछ। प्रतियोगिताका क्रममा विभिन्न देशबाट सहभागी विजयीहरुलाई सिंगापुरका साथमा मलेशिया र इन्डोनेसियका विभिन्न पर्यटकीय स्थलको भ्रमणसमेत गराइनेछ ।

यसअघि अघिल्लो वर्षकी मिसेस नेपाल इन्टरनेशनल २०१८ की विजेता चन्दा थापा गिरीले सिंगापुरमै आयोजित मिसेस इन्टरनेशनल २०१८मा मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ को उपाधि चुमेकी थिइन् । सिंगापुरको आर्केड कन्ट्रि क्लबमा सम्पन्न मिसेस इन्टरनेशनल २०१८ मा गिरीले पे्रmण्डली इन्टरनेशन उप उपाधि पनि चुमेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij