२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कास्की २ मा नेकपाले विद्या भट्टराईलाई उम्मेदवार बनाउने

कास्की २ मा नेकपाले विद्या भट्टराईलाई उम्मेदवार बनाउने

655
Shares

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की–२ को प्रतिनिधिसभाको उपनिर्वाचनमा विद्या भट्टराईलाई उमेदवार बनाउने भएको छ । यद्यपि नेकपाले औपचारिक रूपमा उमेदवारको घोषणा भने गरिसकेको छैन । सम्भवतः आइतबार सबै स्थानको उमेदवार घोषणा हुनेछ ।
शनिबार बालुवाटारमा बसेको पार्टी सचिवालयले कास्की–२ को मात्रै उमेदवार तोकेको र बाँकी स्थानका लागि आइतबार बस्ने सचिवालय बैठकले उमेदवार तय गर्ने एक सचिवालय सदस्यले बताए । नेकपाले अन्ततः दिवङ्गत मन्त्री रवीन्द्र अधिकारीकी पत्नी भट्टराईलाई उमेदवार तय गरेको हो ।
कास्की जिल्ला कमिटीले विद्या भट्टराईको नाम एकल रूपमा सिफारिस गरेको भए पनि प्रदेशले सोमनाथ अधिकारी र राजकाजी गुरूङको नाम पनि थपेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij