काठमाडौं – हेटौंडा मेनरोडकी विन्दवासिनी कंशाकारलाई एसीड छ्याप्ने अभियुक्तलाई प्रहरीले साढे ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक दिलीपराज केशरी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
२०७० साल बैशाख ९ गते विन्दवासीनीलाई एसिड प्रहार गरी भारतमा लुकेर बसेका दिलीपराज केशरीलाई बारा प्रहरीले बिहीबार राति पक्राउ गरेको हो । भारत महाराजगंज अमरपुर्वन ६ का राज भनिने दिलिपराज केशरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
हेटौंडामा बस्दै आएका केशरीले कंशाकारलाई २०७० साल बैशाख ९ गते पसलमै गएर एसिड प्रहार गरी फरार भएका थिए । प्रहरीटोलीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका भलोहीमा लुकिछिपी बसेको अवस्थामा बिहीबार राति ९ बजे पक्राउ गरेको हो ।
केशरीलाई ज्यान मार्ने उद्योगमा मुद्धा अघि बढाएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij