२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

म्याग्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

म्याग्दीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

610
Shares

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा आज दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दरवाङ बजारदेखि रुम जाँदै गरेको ध१ज ५९८ नंको जिप बिलबाङगाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा दुर्घटना भएको हो ।

मृतकमध्ये मालिका गाउँपालिका–२ का सकबहादुर विकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए । अर्का एक मृतकको पहिचान खुलेको छैन ।

प्रहरी निरीक्षक शर्माका अनुसार जिपभित्र बसेका १५ जना सकुशल छन् । छतमा चढेका तीन जना जिप पल्टिँदा उछिट्टिएर सडकको डिलबाट भिरमा खसेका थिए । रुखमा अड्किएका एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उकालो बाटोमा जिप पछाडि घस्रिएर सडकमै पल्टिएको घटनास्थल पुगेका मालिका गाउँपालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले बताए । इलाका प्रहरी कार्यालय दरवाङबाट गएको प्रहरी टोली, रेडक्रसकर्मी, जनप्रतिनिधि र स्थानीयवासीहरु उद्धारमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij