२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कास्की उपनिर्वाचन : रवीन्द्रकी श्रीमती विद्यासँगै अरु नाम पनि सिफारिस

कास्की उपनिर्वाचन : रवीन्द्रकी श्रीमती विद्यासँगै अरु नाम पनि सिफारिस

765
Shares

कास्की- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश कमिटीले कास्की–२ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

यसअघि कास्की जिल्ला कमिटीले तत्कालीन मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईको नाम सिफारिस गरेको थियो । प्रदेश कमिटीको तिहारअघिको बैठकले विद्यासँगै पुराना नेता सोमनाथ अधिकारी प्यासी र जिल्ला इन्चार्ज राजकाजी गुरुङ ‘करण’ समेतको गरी ३ जनाको नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका पार्टी इन्चार्ज पृथ्वीसुब्बा गुरुङले उम्मेदवारका लागि ३ जनाकै नाम पठाउनुपर्ने भएकाले भट्टराई, अधिकारी र गुरुङको नाम सिफारिस गरेको जानकारी दिए । केन्द्रले ३ जनाको नाम मागेकोमा जिल्लामा त्यसो गर्न नसकेको उनले जनाए ।

जिल्ला कमिटीको ८ गतेको बैठकले नाम सिफारिस गरेको भोलिपल्टै प्रदेश कमिटीको बैठक बसेको थियो । कास्की २ मा मंसिर १४ गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । साझा पार्टीले उक्त चुनावका लागि उम्मेदवार सार्वजनिक गरिसकेको छ । कास्की कांग्रेसले १६ जनाको नाम उम्मेदवारका लागि पार्टी केन्द्रलाई सिफारिस गरेको छ । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij